Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

होलीमा उछृङ्खल गतिविधि गरेको आरोपमा १४ जना पक्राउ


847
Shares

होलीमा उछृङ्खल गतिविधि गरेको आरोपमा १४ जना पक्राउ

वीरगञ्ज,२४ फागुन । होलीमा अमर्यादित र उछृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले पर्साबाट १४ जनालाई नियन्त्रणमा लिएको छ । होली पर्व शान्तिपूर्ण एवं मर्यादित ढंगले मनाउनुपर्नेमा त्यसको विपरीत गतिविधि गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । होली नखेल्नेहरुलाई रंग, लोला हान्ने, अभद्र व्यवहार गर्नेलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

होली पर्वको नामा उछृङ्खल गतिविधि गरेर शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने कार्यमा संलग्न १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । ‘होली पर्व शान्तिपूर्वक मर्यादित ढंगले मनाउनुपर्ने हो, तर उछृंखल गतिविधि गरेर शान्ति सुरक्षामा खलल पु¥याएकोले उनीहरुलाई नियन्त्रणमा लिएका हौं’ उनले भने ।

डीएसपी गिरीका अनुसार होली खेल्ने बहानामा हो–हल्ला गर्ने, अशान्ति मच्चाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, जबर्जस्ती रंग दल्न खोज्ने, प्रहरीसँग वाद विवाद गर्ने, ट्राफिक नियम उलंघन गरेर सवारी चलाउनेलाई नियन्त्रणमा लिइएको छ ।

ट्राफिक प्रहरीसँगको सहकार्यमा प्रहरीले पर्सामा चेकजाँच र गस्ती बढाएको छ । होली पर्व दुर्घटना रहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले चेकजाँच र गस्ती बढाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनले भने, ‘सरप्राइज चेकिङ, मोटरसाइकल र मोबाइल गस्तीलाई बढाएका छौं, सादा पोशाकमा पनि प्रहरी परिचालित छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology