Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सुनको मुल्य तोलामा १ हजार घट्यो


1.2K
Shares

सुनको मुल्य तोलामा १ हजार घट्यो

काठमाडौँ, २४ फागुन । बिहीबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

विगत पाँच सातामा भने सुनको भाउ ६ हजारले घटिसकेको छ । गत माघ १९ गते सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागेसँगै नेपालमा पनि मूल्य घटेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology