गोरखा,२३ फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्ररहेका पर्यटकीय स्थलको फोटो संकलन गर्ने भएको छ । पालिका भित्र पर्ने पर्यटकीय, धार्मीक, सांस्कृत एवं ऐतिहासीक महत्व झल्किने खालका फोटो संकलन गर्न लागेको गाउँपालिकाका प्रखुम प्रशासकिय अधिकृत तुलसी राम आचार्यले जानकारी दिनुभयो ।
संकलित तस्विर गाउँपालिकाको परिषर वेवसाइट तथा इन्टेरियर सजावटका रुपमा राखिने उहाँले बताउनुभयो । त्यस्ता तस्विरहरु खिच्ने व्यक्तिले पालिकालाई तस्विर उपलब्ध गराउन समेत अनुरोध गरिएको छ । तस्वीर एज डि रिजोलुशनमा हुनु पर्ने, तस्वीरको स्थान सहितको बिवरण खुलाउनु पर्ने, खिच्नेको नाम थर, ठेगना, स्थान र मिति उल्लेख गरिएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।
तस्विरहरु ito.sulikotmun@gmail.com,barpaksulikotrm@gmail.com मार्फत पठाउन सकिने सूचनामा उल्लेख गरिएको छ । आफुले खिचेका फोटोहरु सूचना जारी भएको मितिदेखी १५ दिन भित्रमा माथी दिएको इमेल मार्फत गाउँपालिकालाई उपलब्ध गराउन समेत आग्रह गरिएको छ ।
