गोरखा, २३ फागुन । योङ कम्युनिष्ट लिग वाइसिएल गोरखाले आज जिल्ला प्रसासन कार्यालय गोरखा मार्फत मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । वाइसिएल गोरखा जिल्ला जिल्ला संयोजक सागर श्रेष्ठलेको नेतृत्वमा गएको टोलीले साहायक प्रमुख जिल्ला पुस्कर रानालाई शान्ति प्रक्रिया टुङगोमा पु¥याउन माग गर्दै ५ बुदेँ ज्ञापन बुझाएको हो । ज्ञापन पत्रमा नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा नयाँ सरकार निमार्ण भई कार्यन्वयन भइरहेका बेला लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध केही प्रतिगामी शक्तिहरुले केही दिनयता अस्वभाविक तवरले षडयन्त्र मूलक गतिविधि गरिरहेको े संगठनको गम्भिर ध्यानाकर्षण गर्नुपर्नेभएको उल्लेख गरिएको छ ।

षड्यन्त्रकारी, अराजक, माओवादी विरोधी, अस्वभाविक गतिबिधिहरुको नियन्त्रण तत्काल गर्न ज्ञापन पत्र मार्फत प्रधानमन्त्रीको ध्यानकर्षण गरिएको छ । । ज्ञापन पत्रमा देशमा शान्ति स्थायित्व निमार्ण गर्नेका लागी तत्कालीन सरकार र माओवादी बिच भएका १२ बँदे समझदारी, बृहत शान्ति सम्झौता र संक्रमणकालीन न्यायका बिरुद्ध भइरहेको चलखेल र षड्यन्त्र संगठनका लागि स्विकार्य नहुने उल्लेख छ । शान्ति प्रक्रियाका बाँकी कामहरुको निरुपण गर्ने द्धन्दकालिन घटनाबाट पिडित नागरिक एबम् उनिहरुको परिवारलाई न्याय दिन आवश्यक विधेयक निमार्ण गरी सत्य मेलमिलाप आयोग र बेपत्ता पारिएका परिवारको छानबिन सम्बन्धी आयोग गठन गरी न्यायका बारेमा देशमा उठेका महत्बपूर्ण बिषयहरुको निरुपण गरि शान्ति प्रक्रियाका बाँकी कामलाई बुझेर सरकार समक्ष जोडदार माग गरिएको छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतबाट ब्यबस्था परिबर्तनका क्रममा सहादात प्राप्त गरेका योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने र उनिहरुको परिवारहरुलाई सम्मानित भएर बाच्ने गरि राहात क्षतिपूूर्तीको ब्यबस्थापन गर्नेका लागि पनि संगठनले माग गरेको छ । देश अर्थतन्त्रको चरम संकटमा पर्ने लागेको भन्दै ज्ञापन पत्रमा साना तथा ठुला उद्योगी ब्यापारीहरु धरापमा परिहेको र बिस्थापित गएकाले बित्तिय संस्थाहरुमा गम्भीर समस्याहरु देखा पर्ने थालेको उल्लेख छ । ज्ञापन पत्रमा बित्तिय ऋणिहरुलाई अनावश्यक यातना दिने आत्माहत्या गर्ने बाध्य गराउने जघन्य अपराधलाई निरुत्साहित गर्ने कार्यको थालनी गर्न पनि माग गरिएको छ ।
देश अर्थतन्त्रको संकटमा जाँदै गर्दा सरकारका बिभिन्न निकायहरुवाट भैरहेको घुसखोरी, अनियमितता र ढिलासुस्तीको रोकथाम र नियन्त्रण गरी देशमा शुसासन कायम गरि जनताका सरकारको रुपमा प्रत्याभुत दिलाउन वाइसिएल गोरखाले सरकारसँग समक्ष माग समेत गरेको छ । ज्ञापन पत्र बुझाएपछि प्रसासन अगाडी आयोजित कोणसभालाई सम्बोधन गर्नुहुदैँ जिल्ला संयोजक श्रेष्ठले गणतन्तको मुख्य जननी माओवादी जनयुद्धको बिरुद्ध चौतर्फी प्रहार भइरहेको भन्दै त्यसका बिरुद्ध शसक्त ढंगले चुनौती दिन संगठन तयार भएको उद्घोष गर्नुभयो । उहाँले प्रतिक्रियावादी र सामान्तवादीहरुलाई १० बर्ष लडेर ठेगान लगाइसकेको भन्दै फेरी मुन्टो उठाउने कोशिस गरे फेरी ठेगान लगाउन वाईसिएल नेपाल सक्षम रहेको बताउनुभयो ।