Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

बसको ठक्करबाट ५० वर्षीय एक पुरुषको मृत्यु


1.1K
Shares

बसको ठक्करबाट ५० वर्षीय एक पुरुषको मृत्यु

बारा,२१ फागुन । बारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० को बसले ब्याक गर्ने क्रममा आइतबार बुद्धचोकमा उनलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेका मियालाई सिटी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्जमा ल्याइएको थियो ।

गण्डक अस्पतालमा उपचार गर्न नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक सिरहा सुखीपुर नगरपालिका–८ बस्ने ४२ वर्षीय ललन कुमार दासलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology