Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एसियन कप छनोट खेल्ने यू–२० महिला टोलीको बिदाइ


1.3K
Shares

एसियन कप छनोट खेल्ने यू–२० महिला टोलीको बिदाइ

काठमाडौँ, २१ फागुन । एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आइतबार प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली आज नै त्यसतर्फ प्रस्थान गर्नेछ ।

छनोटको पहिलो चरणमा समूह ‘बी’ मा नेपाल सहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्यान्ड छन् । नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ । छनोटबाट समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

नेपाली टोलीः

गोलकिपरः कविता विक, सावित्री किसन, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology