Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

माधव नेपालका भाइ सरोजको ६ तलामाथिबाट खसेर निधन


980
Shares

माधव नेपालका भाइ सरोजको ६ तलामाथिबाट खसेर निधन

काठमाडौं , २० फागुन । नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ।

काठमाडौंको शंखमूलस्थित बबिन्स क्याफेको रूफटप छैठौं तलाबाट खसेर उहाँको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिनुभयो।

सरोज दिउँसो सवा २ बजे खसेका थिए। खसेर गम्भीर घाइते भएका उहाँलाई सिभिल अस्पताल लगिएको थियो। उक्त अस्पतालबाट थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो।

त्यहाँ उपचारको क्रममा उहाँलाई साढे ५ बजे मृत घोषणा गरिएको एसपी रिजालले बताउनुभयो। ‘उहाँ कसरी खस्नुभएको हो भन्नेबारे हामी बुझ्दैछौं,’ उहाँले भन्नुभयो।

उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ हुन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology