Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सवारी ज्यान मुद्दामा फरार गोरखाका थापा पक्राउ


1.2K
Shares

सवारी ज्यान मुद्दामा फरार गोरखाका थापा पक्राउ

गोरखा, १८ फागुन । सवारी ज्यान मुद्धामा फरार गोरखाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गोरखा जिल्ला घर भएका १ जना युवकलाई तनहुँबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा जिल्ला शहिद लखन गाउँपालिका–३ मनकामना घर भई तनहुँ आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट बस्ने ३३ वर्षीय नविन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत तनहुँको २०७८ पुस २५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद फैसला भए पछि थापा फरार भएका थिए ।

प्रहरीले पाएको विशेष सूचनाको आधारमा थापालाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनी र अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीको टोलीले आँबुखैरेनी गाउँपालिका–४ को मुग्लिङ पुलजिपबाट पक्राउ गरेको तनहुँ प्रहरी जानकारी दिएको छ ।

पक्राउ परे लगत्तै थापालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दमौली तनहुँमा हाजिर गराइएको थियो । उनलाई बुधबार नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology