Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रको जनतासँग पार्टी अभियान शुरु


2.5K
Shares

बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रको जनतासँग पार्टी अभियान शुरु

गोरखा, १७ फागुन । नेकपा (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिका समितिको पूर्ण बैठक सम्पन्न भएको छ । सम्पन्न बैठकले पार्टी केन्द्रको सर्कुलर बमोजिम दुई महिने ‘जनतासँग पार्टी अभियान—२०७९’ शुरुवात गरेको माओवादी केन्द्र गाँउपालिका समितिका अध्यक्ष नर बहादुर गुरुङले जानकारी दिनुभयो ।

‘एकतावद्ध होऔं, जनतासंग पार्टी अभियानमा जुटौं’ भन्ने नारासहित फागुन मसान्तसम्ममा वडा पार्टी बैठक बस्ने, जवसरमोर्चाहरुको भेलारबैठक गर्ने, शहीद तथा बेपत्ता परिवार, जनयुद्धका घाइते, अपाङ्ग योद्धाहरु, जनयुद्धको क्रममा हिरासत/जेल बसेका, बिस्थापित भएका योद्धाहरुको अवस्था पहिचान गरी, भेटघाट गर्ने कार्यक्रमहरु रहेको उहाँले बताउनुभयो ।

यस्तै समस्याको पहिचान गरि समाधानको योजना बनाउने र पार्टीलाई सच्चा देशभक्त क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको लागि क्रियाशिल हुने लगायत संगठन पुनर्ताजकीरणका लागि विभिन्न योजनाहरु तर्जुमा गरेको जानकारी दिनुभयो । गाउँपालिका कार्यक्षेत्र रहेका प्रदेश, जिल्ला, गाउँपालिका कमिटि सदस्यहरुको जिम्मेवारी समेत ठोस गरेको उहाँको भनाई छ ।

अध्यक्ष गुरुङले यो अभियानले जनताको जनजिविकाको पक्षमा खरो ढंगले उत्रेर, समृद्धि हाशिल गर्न र समुन्नत समाजवाद उन्मुख गणतन्त्र नेपालको जगलाई बलियो बनाउन कोसेढुङ्गा साबित हुने आशा व्यक्त गर्नुभयो । माओवादी केन्द्र गाँउपालिका समितिका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको बैठकमा गाँउपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ,सकितिका पधाधिकारीलगायत स्थानीयको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology