काठमाडौं, १७ फागुन। जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलि दिएको छ ।
१६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिनुभयो ।
ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको पाइएको डीएसपी रोक्काले बताउनुभयो ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान सुरु गरि ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।