Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोना भाइरस फैलिनुको मुख्य कारक अमेरिकी सेना होः चाओ


3.5K
Shares

कोरोना भाइरस फैलिनुको मुख्य कारक अमेरिकी सेना होः चाओ

काठमाडौं । कोरोना भाइरस कोभिड(१९ को कारक अमेरिकी सेना भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चीनमा बताउनुभएको छ । उहाँले सुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस फैलाएको आरोप लगाउनु भएको हो ।

कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको उहाँले बताउनु भएको छ । उहाँले यो भाइरस अमेरिकामा निस्किएको र अमेरिकी सेना मार्फत आफ्नो देशमा फैलिएको दाबी गर्नु भएको छ । आफ्नो आधिकारिक एकाउन्टबाट ट्वीट गर्दै चाओ यसले आफूले यसअघि विश्वास गर्दै आएको कुरालाई पनि परिवर्तन गरिदिएको बताउनु भयो ।

यस विषयमा चीनस्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्स आयोजना गरिएको थियो, यसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो । अहिले लगाइएको आरोप सोही प्रतियोगितासँग जोडिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology