सप्तरी । आगोले जलेर ५० बर्षकी एक महिला गम्भीर घाइते हुनुभएकी एक महिलाको मृत्यु भएको छ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढाको बन्दीलाल भगतको श्रीमती ५० बर्षिया दरोपति कुमारी भगतको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । भगत आफ्नै घर पछाडि बाटोमा बालेको आगो ताप्ने क्रममा साडीमा आगो सल्की छात देखि मुनिसम्म जलेर गम्भीर घाईते भएकी उहाँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।
आगोले जलेर गम्भीर घाइते महिलाको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा समान्य उपचार पश्चात थप उपचारको लागी बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल लगिएको थियो र उपचारपछि साबिक घर खडक नगरपालिका ११ बनौली लगिएको थियो ।
उहाँको अवस्था सुधार नआएपछि थप उपचारको लागि पुनः गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता सिहले जानकारी दिनुभयो ।