Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पूर्वजनसरकार प्रमुख तमुलाई माओवादी केन्द्रले दियो गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी


1.4K
Shares

पूर्वजनसरकार प्रमुख तमुलाई माओवादी केन्द्रले दियो गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी

गोरखा, १० फागुन । तत्कालिन नेकपा माओवादीको गोरखा जिल्लाको जनसरकार प्रमुख अमर तमु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाको इन्चार्जमा चयन हुनुभएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका तमुलाई गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

यसअघि जिल्ला इन्र्चाज रहनु भएका नेता कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुखमा निर्वाचित हुनुभएपछि गोरखा जिल्ला इन्चार्ज रिक्त रहदै आएको थियो । सभामुख धितालले पार्टीका सवै जिम्मेवारीबाट राजीनामा दिनुभएपछि सहइन्र्चाज तमुलाई पार्टीले जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको हो । बि.स २०५३ सालमा पार्टीको पूर्णकालिन सदस्य भएर जनयुद्धमा होमिनु भएका नेता तमु बि.स २०५५ सालमा पार्टीको जिल्ला कमिटी सदस्य, २०५८ सालमा उपव्युरो सदस्य तथा पार्टीको गोरखा जिल्लाको जनसरकार प्रमुख बन्नु भएको थियो ।

२०५९ मा तत्कालिन नेकपा माओवादीको तत्कालिन क्षेत्रिय व्युरो सदस्य बन्नु भएका उहाँले बि.स २०६० देखि एक बर्ष कास्की जिल्लाको इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएको थियो । त्यस्तै बि.स २०६९ सालमा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाउनु भएका नेता तमु अहिलेसम्म पनि लगातार पार्टीको केन्द्रीय समितिमा रहेर जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

यसअघि पनि नेता तमुले २०७० सालदेखि ०७२ सम्म गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाली सक्नु भएको छ । बि.स २०६४ साल भएको पहिलो ऐतिहासिक संविधानसभामा गोरखा क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य पदमा उहाँ निर्वाचित भएर संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology