बुटबल,९फागुन । गण्डक नहरमा दुई छोरा सहित एक महिला बेपत्ता भएकी छिन् । नवलपरासीको गण्डक नहरमा बगेर एक आमाले आफ्ना दुई छोरासहित वेपत्ता भएकी हुन् ।
नवलपरासीको सुस्ता गाउँपालिका(२ हरकपुरास्थित गण्डक नहरमा महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारू ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जानकारी आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज जानकारी दिनुभयो ।
प्रतिमाका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् । उनले के कति कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी भइरहेको डिएसपी पाण्डेले बताउनुभयो ।