Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ढिलो मोटरसाइकल चलाउने प्रतियोगिता सम्पन्न


5.4K
Shares

गोरखामा ढिलो मोटरसाइकल चलाउने प्रतियोगिता सम्पन्न

गोरखा, ८ फागुन । गोरखामा ढिलो गरि मोटरसाइकल चलाउने प्रतियोगिता सम्पन्न भएको छ । लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरिय खुल्ला सुस्त गतिमा बाईक चलाउने प्रतियोगिता आज सम्पन्न भएको हो ।

तिब्र गति जिबनको क्षति भन्ने मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिनुभयो । प्रतियोगीतामा आशिष कुमार भट्ट प्रथम हुनुभएको छ ।

त्यस्तै जित बहादुर थापा द्वितीय र किशोर डिस्वाल तृतीय हुनुभएको उहाँले बताउनुभयो । प्रतियोगीतामा क्रमस: प्रथम हुनेलाई ट्रफि, एउटा फुल हेलमेट र मेडल, द्वितीय हुनेलाई एउटा फुल हेलमेट र मेडल, र तृतीय हुनेलाई एउटा हाप हेलमेट, बाईक कभर, मेडल र बिजेता सबैजनालाई प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

क्लवका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षतामा भएको कार्यक्रममा लियो एड्भाईजर लायन श्यामबाबु श्रेष्ठ , जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारी, अयोध्या जोशि, यम बसेल र लियो पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology