जाजरकोट, ८ फागुन । भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका – १ का ६५ वर्षीय भद्र कामीको भीरबाट लडेर मृत्यु भएको हो । गत शनिवार खच्चरमा सामान लिएर नलगाड नगरपालिका १ जुरेलीबाट फर्किने क्रममा पुवाँ डाँडाको भीरबाट लडेर कामीको मृत्यु भएको इलाका प्रहरी कार्यलय दल्लीका ईन्चार्ज दलबहादुर बिष्टले जानकारी दिनुभयो ।
दुई दिनसम्म सम्पर्कमा नआएपछि परिवारले खोजतलास गर्दै जाने क्रममा भीरबाट लडेर कामीको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
खच्चर धपाउने क्रममा लडेर दुई सय मिटर तल खसेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय दल्लीका प्रहरी नायब निरीक्षक इन्चार्ज बिष्टले बताउनुभयो ।