पोखरा, ७ फागुन । वडाध्यक्षले घरमा पार्किङ गरेर राखेको मोटरसाईकल गएराती चोरी भएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष आइन्दल गुरुङले चढ्दै आएको मोटरसाईकल चोरी भएको हो । वडाध्यक्ष गुरुङले पोखरा महानगरपालिका वडा नम्बर ५ जिरोकिमीकबाट वडाध्यक्ष गुरुङको ग ८ प १३२ नम्बरको १८० सिसीको पल्सर मोटरसाइकल चोरी भएको हो ।
नजिकै आफन्तको घरमा बसेको गुरुङ भोलिपल्ट शनिबार बिहान हेर्दा आफ्नो मोटरसाइकल नदेखे पछि मात्र चोरी भएको थाहा पाउनु भएको थियो । मोटरसाइकल चोरी भएको सिसिटिभिमा पनि नदेखिएको उहाँको भनाई छ । घटनाको बारेमा प्रहरीलाई समेत जानकारी गराएको वडाध्यक्ष गुरुङ ले बताउनुभयो ।