Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवसको अवसरमा बकृत्वकला प्रतियोगिता सम्पन्न


1.7K
Shares

लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवसको अवसरमा बकृत्वकला प्रतियोगिता सम्पन्न

गोरखा, ७ फागुन । लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरिय अपाङ्गमैत्री खुल्ला बकृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ । ‘रहरले होईन अपाङगता, हरेक क्षेत्रमा अपाङ्गको समान सहभागिता’ भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

बिकासमा अपाङ्गको भुमिका भन्ने शिर्षकमा जिल्ला स्तरिय अपाङ्गमैत्री खुल्ला बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको क्लवका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिनुभयो । प्रतियोगीतामा आरुघाट गाउँपालिका ५ पाखुरेका लिल बहादुर गुरुङ प्रथम हुनुभएको छ । त्यस्तै गोरखा नगरपालिका ८ आहालेकी लक्ष्मी श्रेष्ठ द्वितीय र भिमसेन थापा गाँउपालिका २ का केशव लामिछाने तृतीय हुनुभएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा क्रमस ः प्रथम, द्धितिय र तृतीय हुनेलाई रु १० हजार , ८ हजार र ६ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । क्लवका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगर, अपाङ्ग संघ गोरखाका अध्यक्ष श्री अ्मर गुरुङ, लायन श्यामबाबु श्रेष्ठ, रिता, रेग्मि लियोका यम बसेल र लियो पदाधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम गोरखा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology