Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा सदरमुकाममा झण्डै आधा दर्जन घरमा चोरी, बैंकमा समेत चोरीको प्रयास


2.5K
Shares

गोरखा सदरमुकाममा झण्डै आधा दर्जन घरमा चोरी, बैंकमा समेत चोरीको प्रयास

गोरखा , ६ फागुन । गोरखा सदरमुकाम क्षेत्रमा गएराती एक बैंक सहित झण्डै आधा दर्जन घरमा चोरी भएको छ । सदरमुकाम स्थित बसपार्क नजिकै रहेको नविन बैंक लिमिटेडमा चोरीको प्रयास भएपनि बैंकको लकर फुटाउन नसक्दा रकम चोरी भने नभएको पाइएको प्रहरीले जनाएको छ । त्यस्तै राती नै बसपार्क नजिकै रहेको होटल प्याराडाइज, अर्याल मेडिकल, र  एक कस्मेटिक पसलमा चोरी भएको प्रहरीको भनाई छ । राती करिब १२ बजेदेखि मध्यराती साढे २ बजेको अबधीमा चोरी भएको पाइएको छ ।

बैंकमा रकम झिक्न नसकेपनि अन्य घरबाट भने केही रकम चोरीको पुष्टी भएपनि कति रकम चोरी भयो भन्ने एकिन हुन बाँकी छ । चोरीमा संलग्न व्यक्ति मास्क लगाएको र अनुहार चिन्न नसक्ने गरी सवै घरको पछाडीको भागबाट घर भित्र प्रवेश गरेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोली बिहानै घटनास्थलमा पुगेर घटनाको थप अनुसन्धान सुरु गरेको छ । यसअघि पालुङटार नगरपालिकामा पनि एकैरातमा एकदर्जन भन्दा बढी घरमा सोही प्रकृतिको चोरी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology