गोरखा, ५ फागुन । गोरखा नगरपालिका मेयर कृष्ण बहादुर रानामगरले बालबालिकाहरुलाई असल संस्कार सिकाउन सके समाजमा पनि असल संस्कारको बिकास हुने बताउनु भएको छ । गोरखा नगरपालिका वडा नम्बर १२ स्थित हिमालय हिमालयन युवा क्लवको तेस्रो वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्नुहुदैँ उहाँले अहिलेका बालबालिका तथा युवापुस्तालाई जस्तो बनाउन सक्यो आगामी समाज उस्तै बन्ने धारणा समेत व्यक्त गनुभयो ।
नगरप्रमुख रानामगरले आफ्ना छोराछोरीहरुलाइ गलत संगतमा पर्न नदिन अभिभावकहरुले सदैव ख्याल गर्नुपर्ने समेत जोड दिनुभयो । युवाहरुमा लागू औषध दुव्र्यसनीमा पस्नबाट जोगाउन अभिभावक र समाज दुवै चनाखो हुनुपर्ने उहाँको भनाई छ ।
नगरप्रमुख रानामगरले युवाहरुलाइ असल सँगतमा राखेर देशका लागि राम्रो जनशक्ती उत्पादनमा जोड दिनु सबै अभिभावकहरुको कर्तव्य हुने बताउनुभयो । कार्यक्रममा युवाहरु दुर्व्यसनीमा परेका र यसलाइ रोक्न पर्ने सम्बन्धी जनचेतनामुलक नाटक प्रस्तुत गरिएको थियो ।
क्लवका अध्यक्ष मनोज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका उपप्रमुख मसलीमाया थोकर पुन, महेन्द्र मा.वि कुन्दुरका प्रधानाध्यापक गोपालबाबु मरहट्टा, वडा नम्बर १२ का वडा अध्यक्ष डिल बहादुर थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।