Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अराजकता सृर्जना गर्ने कुरालाई प्रसाशनले सम्झैता गर्देनः प्रजिअ भुसाल


1.3K
Shares

अराजकता सृर्जना गर्ने कुरालाई प्रसाशनले सम्झैता गर्देनः प्रजिअ भुसाल

गोरखा,  ४ फागुन । अराजकता सृर्जना गर्ने कुरालाई प्रसाशनले कुनै सम्झैता नगर्ने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनु भएको छ । भर्खर मात्रै जिल्ला प्रशासनको कार्य सम्हाल्नु भएका भुसालले कुनै पनि अराजकता सृजना गर्नेसँग सम्झैता नगर्ने बताउनुभयो ।

उहाँले कसैले पनि अराजकता सृजना गर्न नपाउने बताउनु भएका छन् । आज पत्रकार सम्मेलन गर्नेुहँदै प्रजिअ भुसालले प्रधानमन्त्री, उप—प्रधानमन्त्रीसहित १२ जना संसाद पाएको गोरखाले यस पटक बिकास निमार्णमा लाभ लिनु पर्ने बेला आएको धारण व्यक्त गर्नुभयो । विकास निमार्ण, सुशासन, शान्ति सुरक्षा र सामाजिक विकृतिको विरुद्धमा जिम्मेवार भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

प्रजिअ भुसालले प्रत्यक तिन÷तिन महिनामा प्रशासनले गरेका कामहरुको समिक्षा गर्ने जानकारी दिनुभयो । फागुन महिना भित्रै ठेकेदार, सरकारी कार्यलयका हाकिम, राजनितक सरोकारवालाहरुसँग छलफल गरी पुराना आयोजना सक्ने तथा नयाँ आयोजनाहरुलाई जोड दिने बताउनुभयो । साथै प्रशासनबाट हुने सेवा प्रवाहलाई पनि थप सहज बनाउने बताउनुभयो । सार्वजनिक सेवालाई केन्द्रबिन्दुमा राखेर नयाँ ढंगबाट काम गर्नु पर्ने प्रजिअ भुसालको भनाई छ ।

जिल्लामा औपचारिक तथा अनौपचारिक सबै कामहरु समयमा सुरु भएर समयमा नै सम्पन्न नहुने गरेको भन्नु हुदैं निर्धारित समयमा काम गर्नका लागी गोरखा समयको सुरुवत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानालगायत जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology