Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा भिरबाट लडेर एक महिलाको मृत्यु


2.1K
Shares

गोरखामा भिरबाट लडेर एक महिलाको मृत्यु

गोरखा, ३ फागुन । गोरखाको बक्राङमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका–१ बक्राङ गैरी गाउँकी ५२ वर्षिया मिन माया थापा मगरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।

मृत्तक थापा मंगलबार दिउँसो घर नजिकै रहेको धुर्सी खोला भिरमा गाईबस्तुलाई घाँस काट्ने क्रममा लडेको उहाँका छोरा बाबु थापा मगरले जानकारी दिनुभयो। घाँस काट्न जानु भएकी उनी भिरबाट करिब ५० मिटर मुनी रहेको कच्ची सडकमा बजारिए घटना स्थलमा नै मृत्यु भएको थियो ।

मृत्तक महिलाको बुधबार गोरखा अस्पतालमा पोष्टमार्टम पछि शव मृत्तकका आफन्तलाई जिम्मा लगाएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology