Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जिल्ला प्रसासन कार्यालय गोरखामा राष्ट्रिय परिचयपत्रको निशुल्क अनलाइन फारम भर्ने व्यवस्था


1.9K
Shares

जिल्ला प्रसासन कार्यालय गोरखामा राष्ट्रिय परिचयपत्रको निशुल्क अनलाइन फारम भर्ने व्यवस्था

गोरखा, २ फागुन । जिल्ला प्रसासन कार्यालय गोरखाले अपांगता भएका व्यक्तिहरुका लागि निशुल्क राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ । कार्यालयमा छुट्टै कर्मचारी र कोठामा व्यवस्था गरी अपांगता भएका व्यक्ति तथा पचास बर्ष उमेर नाधेका व्यक्तिहरुका लागि निशुल्क अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको साहायक प्रमुख जिल्ला अधिकारी पुस्कार रानाले जानकारी दिनुभयो ।

‘सकभर आफैले फारम भर्न नसक्ने खालका व्यक्तिले बाहिर शुल्क तिरेर फारम भर्न नपरोस् भन्ने उद्देस्यले कार्यालयमै फारम भरिदिने व्यवस्था मिलाइएका हो, उहाँले भन्नुभयो, ‘पहिलो चरणमा परीक्षण रुपमा काम सुरु गर्न लागिएको छ । साहायक प्रमुख जिल्ला अधिकारी रानाले बुधबारदेखि सेवा सुरु गर्ने बताउनुभयो ।

कर्मचारीको अभावका कारण अपांगता भएका व्यक्ति तथा पचास बर्ष उमेर नाधेका व्यक्तिहरुका लागि सेवा उपलब्ध गराउन लागिएको उहाँको भनाई छ । राष्ट्रिय परिचयपत्रको अनलाइन फारम आफैले भर्न सक्ने भएपनि धेरैजसोले साइवर, फोटो स्टुडियोमा पुगेर शुल्क तिरेर फारम भर्ने गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology