Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लियो क्लब अफ गोरखाले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने


1.4K
Shares

लियो क्लब अफ गोरखाले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने

गोरखा, २ फागुन । लियो क्लब अफ गोरखाले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइने भएको छ । क्लबको ३५ औं स्थापना दिवस यही फागुन ६ गतेदेखी ८ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउन लागेको क्लबका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिनुभयो ।

क्लबले स्थापना दिवसको पहिलो दिन नगरपालिका भित्रका माध्यमिक विद्यलयस्तरीय हस्तलिखित प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा बोर्डिङ्ग तथा सरकारी दुबै विद्यलयका विद्यार्थीहरुको सहभागिता रहने छ । प्रतियोगिता प्रथम हुनेले रु ३,००० नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्धितीय हुनेले रु २,००० नगद सहित मेडल र प्रमाणपत्र र तृतीयले रु १,००० नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

दोस्रो दिन प्रजातन्त्र दिवस पारेर फागुन ७ गते अपाङ्ग मैत्री खुल्ला बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । रहरले होईन अपाङगता हरेक क्षेत्रमा अपाङ्गको समान सहभागिता भन्ने मुल उद्देश्यका साथ ‘समाबेशि बिकासमा अपाङ्गको भुमिका’ भन्ने शिर्षकमा जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता गर्न लागेको अध्यक्ष परियारले बताउनुभयो ।

उहाँका अनुसार प्रतिस्पर्धा अपाङ्ग व्यक्तिहरु बिच मात्रै हुनेछ । प्रतियोगिता प्रथम हुनेले रु १०,००० नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्धितीय हुनेले रु ८,००० नगद सहित मेडल र प्रमाणपत्र र तृतीयले रु ६,००० नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी ८ गते क्लबको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय गोरखाको समन्वयमा प्रतियागिता सोलो मोशन बाईक राईड प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

देशभर तिब्र गतिका कारण हुने मोटरसाइकल दुर्घटनालाई नियन्त्रण गर्न जनचेतना मुलक युवा लक्षित कार्यक्रम गर्न लागिएको अध्यक्ष बालकृष्ण परियारले बताउनुभयोे । प्रतियोगितामा सहभागि हुनका लागी दुई सय रुपैयाँ दर्ता शुल्क तोकिएको कार्यक्रमका मूल संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार प्रतियोगितामा भाग लिनका लागी इ—सेवा आइ डी ९८०८१०४००२ मार्फत पनि दर्ता गर्न सकिनेछ ।

प्रथम हुनेले ट्रफि, एउटा फुल हेलमेट र मेडल प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले एउटा फुल हेलमेट र मेडल तथा तेस्रो हुनेले हाफ हेलमेट र चेष्ट गार्ड प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिता फागुन ८ गते गोरखा नगरपालिका वडा नं. ६ बसपार्कमा हुने कार्यक्रमका मूल संयोजक श्रेष्ठले बताउनु भएको छ ।

अध्यक्ष परियारका अनुसार फागुन ९ गते क्लबलाई सहयोग गर्ने दाता तथा क्लबका पूर्वअध्यक्षहरुलाई सम्मानसहित संस्कृतिक कार्यक्रम गरी समापन गर्ने योजना रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology