Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा क्याम्पसमा पुस्ता हस्तान्तरण प्रशिक्षण कार्यक्रम सम्पन्न


1.4K
Shares

गोरखा क्याम्पसमा पुस्ता हस्तान्तरण प्रशिक्षण कार्यक्रम सम्पन्न

गोरखा, २ फागुन । गोरखा क्याम्पसमा आज पुस्ता हस्तान्तरण सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।जेष्ठ नागरिक संघ गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसमा रहेका शिक्षक तथा बिद्यार्थीहरुलाई पुस्ता हस्तान्तरण सम्वन्धी प्रशिक्षण गराईएको हो ।

कार्यक्रमको गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगरले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको हो । नगर प्रमुख राना मगरले अहिलेको आवश्यतामा आधारित शिक्षा नहुँदा धेरै कुरा सिक्न नपाएकाले पुरानो पुस्ताका आतिथ्य कुराहरु सिकाउन जरुरी भएको बताउनुभयो ।

बावु बाजेको पेशा अंगाल्न र कृषिमा आधुनिकीकरण हुन नसक्दा सामान्य अध्ययन लगत्तै विदेशीनु पर्ने बाध्यता भएकाले पनि पुराना पुस्ताका कुराहरु अहिलेका युवाहरुले जान्ने अवसर नपाएको उहाँले धारणा व्यक्त गर्नुभयो ।

संघले पुस्ता हस्तान्रण कार्यक्रम गर्नुपर्ने कारणका बारेमा जानकारी दिदै जेष्ठ नागरिक संघका यादव शर्माले राज्यले जेष्ठ नागरिकलाई हेयको दृष्टिले हेरेको गुनासो गर्दै राज्य आफै पनि जेष्ठ नागरिकलाई घरमा नराखी बृद्वाश्रममा राख्न ठुल–ठुला लगानी गरेको आरोप लगाए ।

कार्यक्रममा डा.गोबिन्द टण्डनले प्रशिक्षण गराउनु भएका थिए । प्रशिक्षक डा.टण्डनले हिजोको पुस्ताले गरेका राम्रा कामहरुको उदाहरण दिनु हुदैं आजको पुस्तालाई त्यस्तै ब्यवहारीक र आफुभन्दा ठुलालाई सम्मान गर्न सिक्नुपर्ने तर्फ जोड दिनुभयो ।

उक्त अवसरमा डा.टण्डनद्वारा लिखित ‘सस्कृती’ नामक पुस्तक गोरखा क्याम्पसका लाईब्रेरीमा रहने गरी संघले ७ थान पुस्तक क्याम्पस प्रमुख रामशरण बानियाँलाई हस्तान्रण गरेका थिए ।

नगर प्रमुख राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा क्याम्पसका प्राध्यापक, सहप्राध्यापक, कर्मचारी तथा बिद्यार्थीहरु गरी १२५ जनाभन्दा बढीको सहभागिता रहेको संघका उपाध्यक्ष दिलबहादुर बस्नेतले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology