Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जनयुद्ध दिवसको सन्दर्भमा दिएको अभिव्यक्ति प्रति क्याम्पस प्रमुख दुवाडीले मागे माफी


1.6K
Shares

जनयुद्ध दिवसको सन्दर्भमा दिएको अभिव्यक्ति प्रति क्याम्पस प्रमुख दुवाडीले मागे माफी

गोरखा, २ फागुन । जनयुद्ध दिवसको अवसरमा सरकारले दिएको सार्वजनिक बिदाको बिषयमा दिएको अमर्यादित अभिब्यक्ति प्रती द्रब्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले माफी माग्नु भएको छ ।

सरकारले जनयुद्ध दिवसको अबसरमा फागुन १ गतेका दिन सार्वजनिक बिदा दिएपछि क्याम्पस प्रमुख दुवाडीले जनयुद्ध शब्दलाई बैधानिकताको धृष्टता गर्ने वर्तमान सरकार मुर्दावाद भन्दै सामाजिक सन्जाल मार्फत अभिव्यक्ति दिनुभएको थियो ।

क्याम्पस प्रमुख दुवाडीले पदिय मर्यादा समेत भुलेर अभिब्यक्ती दिएको भन्दै अनेरास्ववियू क्रान्तिकारीले अमर्यादित अभिव्यक्ति सच्याउन चेतावनी दिएको थियो । बिद्यार्थी सगठनको चेतावनी पछि मगलबार बिहान बिद्यार्थीहरु अगाडी आफ्नो अभिव्यक्तिले बिद्यार्थी सगठन पार्टीको स्वाभावीमानमा चोट पर्न गएको महसुस भएको भन्दै माफी माग्नु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology