Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिकाले पनि दियो भोली सार्वजनिक बिदा


1.3K
Shares

गोरखा नगरपालिकाले पनि दियो भोली सार्वजनिक बिदा

गोरखा, २९ माघ । गोरखा नगरपालिकाले पनि जनयुद्ध दिवसको दिन भोली सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले जनयुद्ध दिवसको अबसरमा यहीँ फागुन १ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज बसेको नगर कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसरमा नगरपालिका भित्र सार्बजनिक बिदा दिने निर्णय गरेको थियो । सार्वजनिक बिदाको दिन नगरकार्यपालिकाको कार्यलय अन्तर्गत सरकारी तथा गैरसरकारी, शैक्षिक तथा स्वास्थ्य संस्थाहरु बन्द हुने नगरपालिकाका स्वकीय सचिव अनिस अर्यालले जानकारी दिनुभयो ।

जनयुद्ध सुरुभएको दिनको सम्झनामा माओवादिले फागुन १ गतेलाई दिवसको रुपमा मनाउँदै आएको उहाँले बताउनुभयो । यता सरकारले पनि आज बसेको मन्त्रिपरिषद्को बैठकले भोली देशैभर सावैजनिक बिदा दिने निणर्य गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology