Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

बसको ठक्करबाट ४० वर्षीय पुरुषको मृत्यु


1.3K
Shares

बसको ठक्करबाट ४० वर्षीय पुरुषको मृत्यु

तनहुँ, २९ माघ । पृथ्वीराजमार्ग सडकखण्डको आबुँखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकमा आइतबार बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ ख ६३०७ नं को बसले ठक्कर दिँदा सोही वडा निवासी पैदलयात्री ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भानु शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माका अनुसार बसको ठक्करबाट सख्त घाइते विकलाई उपचारका लागि तत्कालै चितवन मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा उजको मृत्यु भएको हो ।

घटना पछि ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology