Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

नाबालिग बलात्कार आरोपमा एक युवक पक्राउ


833
Shares

नाबालिग बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौँ, २९ माघ । नाबालिग बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछापबाट एकजना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–२ सिमपानी घर भएका २६ वर्षीय चेतबहादुर मगर भन्ने रबिन थापामगर छन् । माघ २७ मा १४ वर्षीय बालिकालाई फलामे पोखरी सामुदायिक वनमा नाबालिगलाई बलात्कार गरेर उनी फरार भएका थिए ।

अनुसन्धानपछि खाँडादेवी गाउँपालिका–१ स्थित खैरेनी पुलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology