Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा १२ बर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा ६० बर्षिय पुरुष पक्राउ


1.2K
Shares

गोरखामा १२ बर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा ६० बर्षिय पुरुष पक्राउ

गोरखा,२८ माघ । गोरखामा १२ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ६० बर्षिय पुरुष पक्राउ परेका छन् । जिल्ला आरुबोटे नाबालिका बलात्कार आरोपमा १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ छोप्राकका ६० बर्षिय रमेश पोख्रेल भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।

प्रहरीका अनुसार पोख्रेलले ति बालिकालाई पटक पटक फकाई फुलाई गरी आफ्नै घरको कोठामा लगि बलात्कार गर्ने गरेको खुल्न आएको छ । पोख्रेलले बालिकालाई पहिलो पटक पौष मसान्त र पुनः माघ २० गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

घटना पछि बालिकाको परिवारले माघ २६ गते प्रहरीमा किटानी जाहेरी हालेको थियो । पिडितको जाहेरी पर्नासाथै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले पोखरेललाई माघ २७ गते शक्रबार गोरखा जिल्ला अदालतबाट जबरजस्ती करणी शीर्षक मुद्वामा ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology