गोरखा,२८ माघ । गोरखाली समाज युके ट्रष्टले गोरखाका १९ ओटा बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । ट्रष्टको आयोजनामा आज गोरखा सदरमुकाममा एक कार्यक्रम गरीे शैक्षिक सामाग्री बितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका जेहेन्दार बिद्यार्थीहरुलाई पढाईमा केही सहयोग पुग्ने उदेश्यले शैक्षिक सामाग्री बितरण गररिएको ट्रष्टकी उपाध्यक्ष तिलक माया गुरुङले जानकारी दिनुभयो ।
भौगोलीक रुपमा पछाडी परेका बिद्यालय जान मन हँदा पनि आर्थिक अवस्था कमजोर भएका कारणले पढाई छोड्न बाध्य भएका बालबालिकाहरुलाई छनोट गरी शैक्षिक सामाग्री वितरण गर्दै आएको उहाँले बताउनुभयो । जिल्ला भित्रका १० पालिकाका २०० जना बिद्यार्थी लाई छनोट गरी उक्त सामाग्री बितरण गरीएको गोरखाका कार्यक्रम ब्यबस्थापक सरण श्रेष्ठले जानकारी दिनुभयो । युके ट्रष्ट समाजले पछिल्लो पाँच वर्षदेखी सामाग्री बितरण गदै आएको छ ।
छनोटमा परेका बिद्यार्थीहरुलाई एक सेट स्कुल ड्रेस, २ दर्जन कापी र झोला बितरण गरिएको आयोजकले जानकारी दिएको छ । गोरखा नगरपालिकाका उपमेयर मसली माया थोकर (सपना पुन)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ट्रष्टकी उपाध्यक्ष गुरुङ, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ तथा पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा लगायतले मन्तब्य राखेका थिए । ट्रष्टका अध्यक्ष जय प्रकाश गरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।