गोरखा, २७ माघ । गोरखा नगरपालिकाको वडा नम्बर ११ मा रहेको श्री चन्द्रज्वोती आधारभूत बिधालय तेह्रकिलो मतदान केन्द्रलाई सोही वडाको वडा कार्यालय भवनमा सार्न आयोगमा गरिएको सिफरिस स्थिगित गर्न निवेदन परेको छ । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बुधबार बसेको बैठकले तेह्रकिलो मतदान केन्द्रलाई सोही वडाको वडा कार्यालय भवनमा सार्न आयोगमा गरिएको सिफरिस गर्ने निर्णय गरेको थियो । मतदान केन्द्र सार्नका लागी सम्बन्धित सारोकारवालाहरुको सर्बसम्मति सहितको निर्णय हुनु पर्ने प्रक्रिया पूरा नभएकाले हाललाई सो निर्णय स्थिगित गर्न निवेदन परेको हो ।
आज वडा नं. ११ का विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले संयुक्त रुपमा निर्वाचन कार्यालय गोरखाका प्रमुख टेक बहादुर कोइरालालाई मतदान केन्द्र सार्न आयोगमा गरिएको सिफरिस स्थिगित गर्न भन्दै उक्त निवेदन बुझाएका हुन् । ठाउँ साघुरो भएका कारण उक्त मतदान केन्द्र सार्नका लागी सिफारिस गर्ने निर्णय गरिएको थियो ।
सो दिन समितिका संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठकले गोरखा नगरपालिका वडा नम्बर ३ स्थित बिन्ध्याबासिन मा.वि नारेश्वर भोगटेनीमा रहेको मतदान केन्द्रमा रहेका ७४० जना मतदातालाई सारेर पणिनी चौतारा स्थित जनदेवी आधारभूत बिधालयमा नयाँ मतदान स्थल कायम गर्न सिफारिस गरिएको छ ।
त्यस्तै वडा नम्बर ३ मा रहेको राष्ट्रिय मा.वि घलाङको मतदान केन्द्रमा रहेका १२ जना मतदातालाई पणिनी चौतार स्थित जनदेवी आधारभूत बिधालय सार्ने निर्णय भएको छ । यि वाहेक जिल्लाका अन्य पालिकाहरुको मतदान स्थलहरु भने यथावत कायम राख्ने निर्णय भएको समितिले जनाएको छ ।
यस्तै सहिद लखन गाउँपालिका वडा नम्बर ३ मा रहेको गँगाधर्म मा.वि दार्सिङका २८३ जना मतदातलाई करन्टार मा.वि करन्टारमा सारी उक्त बिधालयलाई नयाँ मतदानस्थलको रुपमा थप गर्ने, त्यस्तै गगांधर्म मा.वि मतदान केन्द्रमा रहेका ६ सय ७८ जना मतदातलाई जनज्वोती मा.वि कान्टरमा सारी नयाँ मतदानस्थलको रुपमा थप गर्ने निर्णय समितिले गरेको छ ।