गोरखा, २७ माघ । गोरखाको पालुङटार नगरपालिका र अजिरकोट गाँउपालिकाले पनि जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । नगरपालिका र गाउँपालिकाले जनयुद्ध दिवसको अबसरमा यहीँ फागुन १ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
माघ २६ गते बसेको नगर कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसरमा नगरपालिका भित्र सार्बजनिक बिदा दिने निर्णय गरेको थियो । सार्वजनिक बिदाको दिन नगरकार्यपालिकाको कार्यलय अन्तर्गत कार्यलय र शैक्षिक संस्थाहरु बन्द हुने पालुङ्टार नगरपालिकाका स्वकीय सचिव अशोक मरहटृाले जानकारी दिनुभयो । जनयुद्ध सुरुभएको दिनको सम्झनामा माओवादिले फागुन १ गतेलाई दिवसको रुपमा मनाउँदै आएको उहाँले बताउनुभयो ।
यस्तै अजिरकोट गाँउपालिकाको आज बसेको गाउँकार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसरमा पालिका भित्र सार्बजनिक बिदा दिने निर्णय हो । सार्वजनिक बिदाको दिन गाँउकार्यपालिकाको कार्यालय, अन्तर्गतका कार्यालय र शौक्षिक संस्थाहरुमा बन्द हुने गाउँपालिकाले आज सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ ।
यस अघि नै जिल्लाको बारपाक सुलीकोट, भीमसेनथापा र गण्डकी गाउँपालिकाले पनि उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरि सकेको छ ।