कञ्चनपुर । कञ्चनपुरमा मदिरा सेवन गरेर आफ्नै बुवाले छोराको हत्या गरेका छन् । भिमदत्त नगरपालिका २ उल्टाखामका डम्मर चन्दले बुधबार राति आफ्नै छोराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । अत्याधिक मदिरा सेबन गरेका चन्दले कैँची प्रहार गरी १३ वर्षीय छोरा सुवर्ण चन्दको हत्या गरेको स्थानियहरुले बताएउका छन । ।
अत्याधिक मदिरा सेबन गरेका चन्दले भान्सामा पिठो मुछिरहेका छोरालाई चिन्न नसक्दा घाँटीमा कैँचीले प्रहार गरेको स्थानीयको भनाइ छ । हत्यापछि स्थानीयले जाँड । रक्सी बन्द गर्न माग गरेका छन् । उनीहरुले स्थानीय प्रशासनको लापर्बाहीका कारण जाँड(रक्सीको बेचबिखनमा नियन्त्रण नआएको र यस्ता अपराधिक घटना बढ्दै गएको आरोप समेत लगाएका छन् ।
यस्तै यस्तो बेलामा घटनास्थलमा जनप्रतिनिधि नआएको भन्दै स्थानीयले भिमदत्त नगरपालिका २ को वडा कार्यालय घेराउ गरेका छन् । वडा कार्यालयले गएको वर्ष नै आफ्नो वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको थियो । तर यो घोषणामै सीमित भएको छ ।