Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको ३ वटा स्थानिय तहद्धारा जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा


2.8K
Shares

गोरखाको ३ वटा स्थानिय तहद्धारा जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा

गोरखा,२६ माघ । जनयुद्ध दिवस मनाउन गोरखाको ३ वटा स्थानिय तहले सार्वजानिक बिदा दिने निणर्य गरेको छ । जिल्लाको बारपाक सुलिकोट, भीमसेन थापा र गण्डकी गाउँपालिकाले जनयुद्ध दिवस मनाउन फागुन १ गते सोमवार सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।

तिनै वटा स्थानिय तहको गाउँकार्यपालिकाले विभिन्न मितिमा बसेको बैठकले जनयुद्ध दिवस मनाउनको लागि सार्बजानिक बिदा दिने निर्णय गरेको थियो ।

सार्वजनिक बिदाको दिन गाँउकार्यपालिकाको कार्यालय, पालिका अन्तर्गतका कार्यालयहरु र शौक्षिक संस्थाहरुमा बन्द हुने गाउँपालिकाहरुले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology