Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भीमसेनथापा गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको तयारी पुरा


1.5K
Shares

भीमसेनथापा गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको तयारी पुरा

गोरखा, २६ माघ । गोरखाको भीमसेन थापा गाउँपालिकामा भोलीदेखि सुरु हुन लागेको पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । गाउँपालिकाको वडा नम्बर १ मसेल स्थित श्री बिन्द्राबती मध्यामिक बिद्यालयमा हुन लागेको प्रतियोगिताका लागि सवै तयारी पुरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्नका लागि प्रतियोगितामा सहभागी हुने निर्णायक, खेलाडीहरुको बसोबास तथा खाना बस्नका लागि व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । त्यस्तै प्रतियोगिता सञ्चालन गर्नका लागि खेल मैदानहरुको व्यवस्था लगायतका सवै काम पूरा गरिएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीको भनाई छ ।

प्रतियोगितामा गाउँपालिका भित्रका १२ वटा माध्यामिक बिद्यालयको सहभागिता रहनेछ । भीमसेन थापा गाउँपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितमा सहभागी खेलाडीहरु बिच बिभिन्न १७ वटा इभेन्टमा प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रतियोगिता अन्र्तगत रिलो दौड लगायतका दौड प्रतियोगिता स्थानीय थ्रि स्टार युवा क्लबको खेलकुद मैदान हुनेछ भन्ने भलिवल, हाइजम्प, लम्पजम्प, त्रिपलजम्म, छेलो लगायतका प्रतियोगिता भने बिधालयको प्राङगढमा हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology