गोरखा, २६ माघ । गोरखाको भिमसेनथापा गाँउपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजानिक बिदा दिने भएको छ । गाउँपालिकाले जनयुद्ध दिवसको अबसरमा यहीँ फागुन १ गते सोमवार सार्वजानिक बिदा दिने निर्णय गरेको हो । माघ २२ गते बसेको गाउँकार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसरमा पालिका भित्र सार्बजानिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो । दिवसको अबसर पारेर गाँउपालिकाले कृषि हाटबजार समउद्घाटन तथा कृषि औधोगीक मेलाको आयोजना समेत गर्ने जनाएको छ ।
वडा नम्बर ५ स्थित बगुवामा मेलाको आयोजना गर्ने लागिएको गाँउपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिनुभयो । मेला सम्पन्न गर्ने बिभिन्न उप समिति गठन गरीएको गाउँपालिकाले जनाएको छ । जस अन्तर्गत वडा नं ५ का वडा अध्यक्ष होम बहादुर बरामको संयोजक्तोमा कृषि प्रदर्शनि तथा हाट बजारप्रदर्शनी समिति वडा नं ७ का वडा अध्यक्ष नारायण श्रेष्ठ को संयोजक्तोका घरेलु तथा औधोगीक प्रदर्शनि ब्यबस्थापन समिति गठन गरीएको छ ।
यस्तै वडा नं १ का वडा अध्यक्ष विकास श्रेष्ठको संयोजक्तोमा स्यमंसेवक परिचालन समिति कार्यपालिका गोपाल बरायलीको संयोजक्तोमा पिटी प्रदर्शनी ग्रट स्माट हरियाली स्बच्छ सम्र्बद समाज वाद उन्मुख नमुना गाउँपालिका एबम् भिमसेनथापा बिर शहिद जय नेपाल नमस्ते स्वागत उपसमिति वड नं ३ का वडा अध्यक्ष ऋषिराम लामिछानेको संयोजक्तोका प्रतिभा प्रदर्शनी तथा संयोजन उपसमिति गठन गरीएको उहाँले बताउनुभयोे ।
यस्तै गाउँपालिकाको उपाध्यक्ष अमृता देवि वस्ति भटृको संयोजक्तोमा महत्वपुर्ण ब्यक्तित्व सम्मान रहेको छ । प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीको संयोजक्तोमा मुल्याङकन सम्मान पुरस्कार ब्यवस्थापन रहेको गाँउपालिकाले जनाएको छ ।