Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पन्ध्र लाख बाइभलेन्ट खोप फागुन पहिलो साता नेपाल ल्याइदै


1.4K
Shares

पन्ध्र लाख बाइभलेन्ट खोप फागुन पहिलो साता नेपाल ल्याइदै

काठमाडौ,२४ माघ । सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप बाइभलेन्ट खोप फागुनको पहिलो साता नेपाल आउने जनाएको छ ।

कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन १ गतेदेखि ४ गतेसम्म आउने कार्यतालिका रहेको छ । ‘अहिले हामीले १५ लाख मागेका हौं । यसको खपतको आधारमा पछि आवश्यकताको आधारमा थप १५ लाख ल्याउने योजना छ’, चौरासियाले भन्नुभयो।

छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ.७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ । विज्ञका अनुसार ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभलेन्ट खोप बढी प्रभावकारी छ ।

खोपको पूर्ण मात्रा पूरा गरिसकेका व्यक्तिमा ६ महिनाभन्दा बढी समय बित्दै जाँदा खोपको रोग प्रतिरोधात्मक क्षमतामा पनि क्रमशः ह्रास हुँदै जान्छ । नेपालमा पनि तेस्रो डोज लगाएका एक बर्षभन्दा बढी भइसकेकाले पुनः खोप दिनुपर्ने आवश्यकता भएको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउनुहुन्छ ।

उसो त, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जेष्ठ नागरिक, दीर्घरोगी र जोखिममा भएका व्यक्तिलाई चौथो डोज दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले मन्त्रीस्तरबाट १७ कात्तिकमै दोस्रो बुस्टर डोज दिने निर्णय गरेको थियो । त्यसअनुसार परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरुलाई परिपत्र गरेको छ ।

तर, दोस्रो बुस्टर लगाउने निर्णय गरेको सरकारसँग नागरिकलाई दिने खोप छैन । जनस्वास्थ्यविद्हरु अहिले एक मात्रा पनि बुस्टर डोज नपाएका र तेस्रो डोज लगाएका तर, बढी जोखिममा भएका नागरिकलाई तत्काल नै खोप दिनुपर्ने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology