Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बिश्वकै सुन्दर पुरुषमा बेलायती अभिनेता रेगे (जीनपेज) घोषित


1.1K
Shares

बिश्वकै सुन्दर पुरुषमा बेलायती अभिनेता रेगे (जीनपेज) घोषित

काठमाडौं, १८ माघ । बेलायती अभिनेता रेगे-जीन पेज संसारका सबैभन्दा सुन्दर मानिस घोषित भएका छन् । ‘ब्रिजर्टन’ सिजन(१ मा सिमोन बासेटको भूमिकामा खेल्दा मात्र नभएर एक नयाँ अध्ययनले उनलाई संसारकै सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको प्रमाणित गरेको छ ।

हालै ३४ वर्षीय यी अभिनेताको अनुहारको विश्लेषण गरिएको थियो । जसको नतिजामा उनी सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको निष्कर्ष निस्कियो । यो अनुसन्धान ग्रीक गोल्डेन रेसियो अफ ब्युटी फिको प्रयोग गरेर गरिएको थियो, जुन पुरातन प्रणालीले शारीरिक पूर्णता मापन गर्छ ।

जसअनुसार रेगेको मामलामा यो ९३।६५ प्रतिशत सही थियो । रेगेपछि क्रिस हेम्सवर्थ ९३।५३ प्रतिशतका साथ दोस्रो र माइकल बी जोर्डन ९३।४६ प्रतिशतका साथ तेस्रो स्थानमा छन् । गायक ह्यारी स्टाइल ९२।३० प्रतिशतका साथ चौथो स्थानमा छन् । कम्प्युटराइज्ड म्यापिङ प्रविधि प्रयोग गर्ने हार्ले स्ट्रीट फेसियल कस्मेटिक सर्जन डा। जुलियन डे सिल्भाले सूची तयार पारेका थिए ।

नयाँ अध्ययन र यो कसरी भयो भन्नेबारे सिल्भालाई उध्दृत गर्दै बेलायती अखबार डेलीमेल लेख्छ, ‘यो नयाँ कम्प्युटर म्यापिङ प्रविधिले हामीलाई शारीरिक रूपमा सुन्दर बनाउँछ र बिरामीको शल्यक्रियाको योजना बनाउँदा प्रविधि कति उपयोगी छ भन्ने रहस्यलाई समाधान गर्न अनुमति दिन्छ ।’

रेगेले पहिलो स्थान पाएको प्रतिक्रिया दिंदै उनले भने, ‘रेगेले आफ्नो उत्कृष्ट अनुहार र सुन्दर खैरो आँखाका कारण जितेका थिए । उनले सजिलैसँग आफ्नो आँखाको दूरीको लागि उच्चतम स्कोर प्राप्त गरे । उनको आँखाको स्थितिले पनि उच्च स्कोर पाउन सक्यो ।’ उनको पूर्ण आकारको ओठले पनि उच्च स्कोर प्राप्त गर्‍यो । अलिकति कम अंक प्राप्त गरेको उनको नाकको चौडाइ र लम्बाइ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology