Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिका मा.वि स्तरिय चित्रकला प्रतियोगीतामा महालक्ष्मीका राना प्रथम


2.4K
Shares

गोरखा नगरपालिका मा.वि स्तरिय चित्रकला प्रतियोगीतामा महालक्ष्मीका राना प्रथम

गोरखा, १६ माघ । शहिद दिवसको अवसरमा आज गोरखा नगरपालिका भित्रका माध्यमिक बिद्यालय स्तरिय चित्रकला प्रतियोगीता सम्पन्न भएको छ ।

लियो क्लब अफ गोरखाको आयोजनामा भएको प्रतियोगीतामा महालक्ष्मी मा.वि लक्ष्मीबजारका अभिषेक राना प्रथम हुनुभएको छ । सरस्वती मावि आहालेका आशिष गुरुङ दोस्रो, शक्ति मावि पाटेचौरकी भुमिका थापा तेस्रो र बालमन्दिर माविकी संजिता सुनार सान्त्वना हुनु भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सान्त्वना हुने सुनारलाई पाँच सय नगद पुरस्कारको साथमा प्रमाणपत्र दिइएको कार्यक्रम संयोजक ब्लेसन बयलकोटीले जानकारी दिनुभयो । क्लबका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षता तथा सल्लाहकार श्यामबाबु श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सविन केसी, यम बसेल, सुमन बाबु श्रेष्ठ, मोहन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology