गोरखा, १६ माघ । गोरखा नगरपालिका वडा नं. १० छेवेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । विओपीको आज एक कार्यक्रमका बिच गोरखाका प्रहरी उपरिक्षक (एसपी) केदार खनालले उद्घाटन गर्नु भएको हो ।
यसअघि धैरै प्रयास र पहाल भएता पनि अस्थायी प्रहरी पोष्ट स्थापना गर्न नसकेको एसपी खनालले बताउनुभयो । एक पटक पैसा नै उठाएर भवन मर्मत तथा सुधार गरिएको भए पनि प्रहरी नआएका कारण पोष्ट सञ्चालनमा आउन नसकेको उहाँको भनाई छ ।
‘प्रयास त पहिले पनि नभएका होईनन धेरै पहल भए’ उहाँले भन्नुभयो, ‘ एक पटक त पैसा उठाएरै भबन समेत मर्मत र सुधार गरियो तर प्रहरी आएन।’ वडाध्यक्षको दृढता र नेपाली कांग्रेस गोरखाका सचिव किशोर जंग थापाको पहलमा अस्थाई प्रहरी पोस्ट स्थापना भएको एसपी खनालले जानकारी दिनुभयो ।
अस्थायी प्रहरी पोष्ट स्थापना पछि अब त्यहाँ हुँदै आईरहेको बिबिध अबैध कार्यहरु बन्द हुने कुरामा आशाबादी रहेको उहाँले बताउनुभयो ।