Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका एक युवक बलात्कार आरोपमा पक्राउ


2K
Shares

गोरखाका एक युवक बलात्कार आरोपमा पक्राउ

गोरखा,१६ माघ । गोरखा जिल्ला आरुपोखरी घर भएका १ युवकले नाबालिकालाई बलात्कार गरेको आरोपमा राजधानीको ललितपुरबाट पक्राउ परेका छन् । उनले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेको प्रहरी वृत्त सातदोबाटोले पुष्टी गरेको हो ।

गोरखा जिल्ला आरुघाट गाउँपालिका–८ आरुपोखरी घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology