Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

निर्वाचन आयोगले तोक्यो राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति


1K
Shares

निर्वाचन आयोगले तोक्यो राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति

काठमाडौं, १६ माघ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोकेको छ । फागुन २५ गते बिहीबार राष्ट्रपति निर्वाचन गर्ने र चैत ३ गते शुक्रबार उपराष्ट्रपति निर्वाचन गर्ने आयोगले निर्णय गरेको हो।

आयोगका एक आयुक्तले दिएको जानकारीअनुसार आजै निर्वाचन तालिका प्रकाशित हुनेछ । आयोगले राष्ट्रपति र उपराष्ट्रपति चुनावको मितिबारे नेपाल सरकारलाई सोमबार नै जानकारी दिनेसमेत तयारी गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनले आयोगले चुनाव मिति तोक्ने र त्यसको जानकारी सरकारलाई दिने व्यवस्था छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन् । संविधानमा भएको व्यवस्था र राष्ट्रपति निर्वाचन सम्बन्धी ऐनका व्यवस्था आपसमा बाझिएको भन्दै मिति तोक्न ढिलाइ भइरहेको थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २९ अघि नै राष्ट्रपति निर्वाचन गरिनुपर्ने माग राखेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भएको छलफलमा पनि राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology