गोरखा, १२ माघ । गोरखामा माघ १६ गते शहिद दिवसको उपलक्ष्यमा चित्रकला प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ गोरखाको आयोजनामा १६ गते सोमबार गोरखा नगरपालिकास्तरीय चित्रकला प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा ४ शहिद दशरथ चन्द, धर्मभत्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको प्रतिक बनाइने क्लबका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिनुभयो । शहिदहरुको स्मृतिमा हुनु लागेको प्रतियोगितामा ४ शहिदको प्रतिक बनाउन लगाएर नै चित्रकला प्रतियोगिता गराइने उहाँले बताउनुभयो ।
यसले प्रतियोगीमा शहिदहरु प्रतिको सम्मान अझै बढ्ने अध्यक्ष परियारको भनाई छ । साथै सबै शहिदहरुको स्मृति र स्मरणका लागी पनि ४ शहिदको प्रतिक बनाएर प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले रु ३००० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
यस्तै दोस्रो र तृतिय हुनेले क्रमश रु २०००, रु १००० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताएको छ । आयोजकका अनुसार प्रतियोगिता उक्त दिनको बिहान ११ बजे लायान्स भवन विसौनीमोडमा हुने जनाएको छ ।