Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गण्डकी प्रदेशका सभामुख धितालद्धारा पार्टी परित्याग


2.2K
Shares

गण्डकी प्रदेशका सभामुख धितालद्धारा पार्टी परित्याग

गोरखा, १२ माघ । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पार्टी परित्याग गर्नुभएको छ । सभामुख भएपछि स्वत पार्टी परित्याग गर्नुपर्ने भएकाले सभामुखमा निर्वाचित भएकै दिन पार्टीबाट अलग भएको धितालले जानकारी दिनुभयो ।

पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय तरिकाले निर्वाह गर्न संवैधानिक प्रावधानप्रति प्रतिवद्ध भइ पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उहाँको भनाइ छ ।

धिताल पुस ३० गते सभामुखमा निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी केन्द्र गोरखा १ को (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology