Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदै


1.7K
Shares

भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौं, १२ माघ । भारतले आज ७४ औं गणतन्त्र दिवस मनाएको छ । छिमेकी मुलुक भारतले आज विविध कार्यक्रम गरी आफ्नो ७४ औं गणतन्त्र दिवस मनाउँदैछ । यसै अवसरमा राजधानी नयाँ दिल्लीस्थित कर्तव्यपथमा सरकारले भव्य कार्यक्रमको आयोजना गरेको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेको कार्यक्रममा इजिप्टको सेनाले पनि परेड गर्नेछ ।सन् १९५० मा आजकै दिन ९जनवरी २६० मा भारत गणतन्त्र घोषित भएको थियो ।

ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको भारतमा सन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो ।

भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो ।​

त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ । राजेन्द्र प्रसाद भारतको पहिलो राष्ट्रपति हुन् । एजन्सी

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology