गोरखा, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सुशिला सिंखडा चयन हुनुभएको छ । गोरखाबाट प्रदेशसभा समानुपातिक तर्फ निर्वाचित निर्वाचित हुनुभएकी सिंखडालाई नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको प्रमुख सचेतकमा चयन गरेको हो ।
सिंखडा गोरखाको भीमसेन थापा गाउँपालिका-४, धावाकी स्थायी निवासी हुनुहुन्छ । प्रमुख सचेतक सिम्खडाले दलका तर्फबाट गर्नुपर्ने काम सहित संसदलाई प्रभावकारी बनाउने तर्फ लाग्ने बताउनुभयो । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएकी सांसद सिंखडा माओवादी जनयुद्धमा लागेर लामो समय भूमिगत समेत हुनुभयो ।
उहाँले बि.स २०४६ सालदेखि बिधार्थी संगठनमा आबद्ध भएर राजनीति सुरु गर्नुभएको थियो । गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा (१) बाट प्रत्यक्ष निर्वाचित कृष्णप्रसाद धिताल प्रदेशसभाको सभामुख निर्वाचित भईसक्नु भएको छ ।