Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरानाको त्रासले तेलको मूल्य घट्दा मुकेश अम्बानीले गुमाए एसियाकै पहिलो धनीको व्यक्तिको स्थान


1.5K
Shares

कोरानाको त्रासले तेलको मूल्य घट्दा मुकेश अम्बानीले गुमाए एसियाकै पहिलो धनीको व्यक्तिको स्थान

एजेन्सी- भारतीय अर्बपति मुकेश अम्बानीले एसियाकै पहिलो घनी व्यक्तिको स्थान गुमाउनु भएको छ । अम्बानी उछिन्दै चिनियाँ धनाढ्य ज्याक मा एसियाकै धनी बन्नु भएको छ। गत सोमबार कच्चा तेल विश्व बजारमा २९ वर्षयताकै सस्तो भएपछि ज्याक मालाई फाइदा र अम्बानीलाई घाटा भएको हो।

सोमबार कोरोनाको त्राससँगसँगै रुस र ओपेक सदस्य राष्ट्रहरुबीच तेल उत्पादन कटौतीमा सहमति नजुटेपछि साउदी अरेबियाले रुसलाई टक्कर दिन उत्पादन बढाउने घोषणा गरेको थियो। त्यसपछि बजारमा तेलको मूल्य प्रतिब्यारेल एक तिहाइले घटेको थियो।

तेलको मूल्य घटेपछि इन्धनको व्यापारी समेत रहेका अम्बानीले ५ अर्ब ८० करोड डलर सम्पत्ति गुमाएको इकोनोमिक्स टाइम्सले जनाएको छ। सम्पत्ति घटेसँगै ज्याक मा एसियाको धनी बनेको ब्लुमबर्गको अर्बपति सूचीमा उल्लेख छ।

ज्याक मा अलिबाबा ग्रुपका अध्यक्ष तथा संस्थापक हुन्। पछिल्लोपटकको उतारचढावसँगै ज्याक माको सम्पत्ति अम्बानीको भन्दा २ अर्ब ६० करोड डलरले बढी पुगेको छ। मासँग कुल ४४ अर्ब ५० करोड डलर सम्पत्ति छ। मा सन् २०१८ मा पछि परेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology