Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

हेलिकप्टर पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ


1.1K
Shares

हेलिकप्टर पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ

काठमाडौं,१० माघ । हेलिकप्टर पाईलटलाई कुटेको आरोपमा छ जनालाई पक्राउ गरेको छ । स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब.राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमराज थापालेजानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दामा दुई दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।माघ ५ गते स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात गरिएको थियो ।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएपछि पाइलट रानेश डंगोलले ल्याण्ड गरेका थिए । वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology