Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मुगुमा हिमपात, कृषकमा खुसीयाली छायो


1.4K
Shares

मुगुमा हिमपात, कृषकमा खुसीयाली छायो

मुगु, १० माघ । हिमाली जिल्ला मुगुलगायत कर्णालीका जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि लगतार हिमपात भएपछि मुगुको जनजीवन प्रभावित भएको छ भने कृषकमा खुसीयाली छाएको छ ।

विगतका वर्षहरुमा मुगु लगायत कर्णालीका जिल्लामा मंसीर पुसमै हिमपात हुने गर्थ्यो । यसवर्ष भने माघको दोस्रो सातामा मात्रै हिमपात भएको छ । मुगुको पुर्वी मुगम कार्मारोङ गाउपालिकाको मुगु, डोल्फु, चितै, छायानाथ क्षेत्र, किम्री, ताखा, खारी, दाउरा, सेरोग, पुलु, पुअ, रिउस, मह, मांग्री, पापु, छाइल, चिमात लगायत गाउँबस्तीमा लगातार हिमपात भएको छ ।

त्यस्तै खत्याड गाउँपालीकाको खमाले, सेरी, निगालीबोट,जम्फै,साटबाडा,जाम,डाडुपाटा, कवा,चाकपाडे, लमेरा, कोटिल्ला, भागोटी, जिउका, गम्था, खेस्मालीका, लाम्रु, थारा, जामीर,नखर्जी लगायत ठाउँमा हिमपात भएको छ ।

सोरु गाउँपालीकाको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालीकाको रारा, ताल्चविमान स्थल, मुर्मा, बाम शोभा, लिउडी मुन्दु, कोटिल्ला, झ्यारी, रोवा, सोभा, घट्टेलेख, झाकोट, तललेख, लगायतका स्थानमा लगातार हिमपात भइरहेको छ ।

हिमपातको कारण नेपालगञ्ज, सुर्खेतबाट मुगु आउने हवाइ यातायात र सडकमा चल्ने सवारी साधनहरु रोकिएका छन् । रारा घुम्न आउर्ने आन्तरिक तथा बाहीय पर्यटकहरु लाई पनि निकै समस्यामा परेका छन् । अघिल्लो हिउँदमा पुस पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिना पछि हिमपात सुरु भएको छ । हिमपात संगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् ।

चिसोले गर्दा भेडाबाख्रासहित अन्य पशुचौपायालाई समेत समस्या भएको सोरु गाउँपालिकाका पदम बहादुर शाहीले बताउनुभयो। बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यलयको कामकाज प्रभावित भएका छन्।

हिमपातले मुगु जिल्लाको एक मात्र हवाई सेवा ताल्च विमान स्थल पनी बन्द भएको छ । हिमपातले हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरु आशावादी रहेका छन । विशेष गरि अहिले खेतबारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यहीबेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो हुने खत्याम गाउपालिका(९ का कृषक ललीजङ भण्डारीले जनाए । माघ महीनाको वर्षा र हिमपातले वर्षा खेतीपाती र बालीमा राम्रो हुने उनको भनाइ छ । सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रोसँग उम्रिने, विषेशगरी उम्रेको बाली नष्ट गर्ने फट्याँग्रा लगायतका किरा मर्ने र हिउदे बाली तथा तरकारीको उत्पादनमा पनि बृद्धि हुने कृषको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology